समाज कल्‍याण परिषद्का नाममा ४२ बैंकखाता किन ?

| 2018 Dec 03 | 09:38 am 1780

काठमाडौं, मंसिर १७: एउटा कार्यालयका बैकखाता कति हुन्छन् ? दुई वटा, तीन वटा वा बढीमा चार वटा ? समाज कल्याण परिषद् यस्तो संस्था हो, जसका नाममा ४२ वटा बैंकखाता सञ्चालनमा छन् ।

परिषद्को आम्दानीको स्रोत राम्रै छ । उसले एनजीओ र आईएनजीओको अनुगमनबाट वार्षिक सात करोड आम्दानी गर्छ । भृकुटीमण्डपको जग्गा भाडाबाट १२ करोड ८९ लाख जम्मा हुन्छ ।

पर्यटन विभाग र बोर्ड कार्यालयको भाडा २५ लाख रुपैयाँ आउँछ । संघसंस्थाको दर्ताबाट एक करोड ९१ लाख आम्दानी हुन्छ । यो जम्मा गरी २० करोड ८० लाख रुपैयाँ त उसको वार्षिक आम्दानी हुन्छ ।

यति पैसा एउटै खातामा राख्‍न समभव हुँदैन ? जथाभावी खर्च नहोस् भनेर कर्मचारीले फरक फरक नाममा खाता खोलेका हुन्, परिषद्का निमित्त निर्देशक हरि तिवारीले भने, खातामा रकम बृद्धि गरी दिगो रुपमा परिषद् चलाउन थोरै-थोरै रकम धेरै खातामा बाँडेर राखेको हो । आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.