समाजलाई सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्छः अध्यक्ष महतो

रिपोर्ट नेपाल | 2021 May 31 | 03:55 pm 2649

  • महेश सिंह महतो

सिरहा, जेठ १७ः लहान नगरपालिका ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुरको नयाँ विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा राम नारायण महतो च्यन भएका छन्। विद्यालयप्रति सकारात्मक सोच राखे अगाडि बढाउने महतो समिक्षा कार्यक्रममा बताए ।

विद्यालयको आर्थिक संवेगात्मक र शिक्षामा स्तर उन्नतीको काममा अगाडि बढाउने लहान नगरपालीका भित्र रहेको विभिन्न स्कुलको शिक्षक प्रधानअध्यापक र समाजका बुद्धिजिवीलाई बोलाए स्कुलको शिक्षा स्तर उन्नती कसरी हुन्छ भने विषयमा समिक्षा कार्यक्रम राखिएको थियो ।

विद्यालयलाई सुधार उनमुख बनाउन समाजका बुद्धि जिबिजीको सल्लाह सुझावको आत्मसात गर्दै स्कुललाई अगाडि बढाउने अध्यक्ष महतोले बताए ।

शिक्षक र विद्यार्थीलाई स्कुलबाट कुनै किसिमको भेदभाव र अपहेलित हुन नदिन वरिष्ठ शिक्षक रङ्ग लाल साहले समिक्षा कार्यक्रममा अध्यक्ष महतोसंग आग्रह गरेका थिए ।

समन्वय, सहकार्य र सहयोगको अपेक्षा लिएर अगाडि बढाउने पशुपति आदर्श उच्च माध्यमिक विद्यालयका एक शिक्षकले सुझाव दिएका थिए।

विद्यालयमा विद्यार्थी भर्नामा स्कुलको मापदण्ड पुरा गरी विद्यार्थी भर्ना लिन समिक्षा कार्यक्रमबाट सुझाव आएको थियो।

शैक्षिक संस्थामा गुणस्तर शिक्षा ल्याउन राम्रो शिक्षकको टिम र स्कुलको सहकार्य हुन जरुरी रहेको छ। लहान नगरपालिकालाई पनि स्कुल प्रति सकारात्मक सोच हुनुपर्ने जरुरी रहेको छ। उक्त स्कुललाई नमुना स्कुल बनाउन समिक्षा कार्यक्रम निर्णय भएको हो।

विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण महतोका अनुसार शिक्षा ऐन अनुरुप लिएर अगाडि बढाउने र आफू समाजिक ब्यक्ति भएको बताए ।

स्कुल सुधारको लागि आफू पछाडि नहटने बताए। विद्यलयको प्रधानाध्यापक र शिक्षकसंग स्कुल सुधारको लागि सहयोगको अपेक्षा राख्दै राम्रो जिम्मेवारीको भुमिका निर्वाह गर्दै अगाडि बढने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.