सभामुख अग्निप्रसाद सापकोटाद्वारा राजीनामा

रिपोर्ट नेपाल | 2020 Jan 27 | 09:33 pm 2406

काठमाडौं, माघ १३: नवनियुक्त प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन्।

सोमबार प्रतिनिधिसभाका सभामुखको कार्यभार सम्हालेलगत्तै एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले नेकपाबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम सभामुखको पदभार ग्रहण गरेपछि नेकपाको साधारण सदस्यसमेत नरहने गरी सापकोटाले नेकपाबाट राजीनामा गरेका हुन्।

एक विज्ञप्ति जारी गर्दै सापकोटाले संसदको प्रतिनिधिसभाको सभामुखको भूमिका स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्ने जानकारी दिएका छन्।

यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु, सापकोटाबाट निकालिएको विज्ञप्तिमा भनिएको छ।

उनी प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नेकपाको स्थायी कमिटी सदस्य रहेका थिए।

राजीनामापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.