सभामुखले बिशेष अधिकारका लागि सल्लाह गर्दै गर्दा गृहमा सुरक्षा बैठक

| 2020 Dec 20 | 05:10 pm 1977

काठमाडाैं, पुस ५ः प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद विघटन गरी नयाँ निर्वाचनकाे मिति घाेषणा गरेपछि अहिले देशभर स्वयम् नेकपाका कार्यकर्ता र अन्य दलहरूले विराेध गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले असम्वैधानिक कदमबाट संसद विघटनकाे सिफारिस गरेकाे र राष्ट्रपतिबाट बिना परामर्श स्वीकृत गरेकाे भन्दै संघिय संसदका सभामुख अग्नि सापकाेटाले बिशेष अधिकार प्रयाेग गर्नका लागि छलफलमा जुटेका छन् ।

राष्ट्रपति भण्डारीले संसद विघटन गरी नयाँ निर्वाचनकाे मिति तय गरेपछि संभाव्य घटनालाइ मध्येनजर गर्दै प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अर्थमन्त्री विष्णु पाैडेल, गृहमन्त्री रामबहादुर थापा (बादल) सहित चारै सुरक्षा निकायका प्रमुखकाे आकष्मिक बैठक बसिरहेकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.