सभामुखद्वारा सर्वदलीय बैठक आब्हान

रिपोर्ट नेपाल | 2021 Jun 11 | 09:28 am 3345

काठमाडाैं, जेठ २८ः सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।

सभामुखले प्रधानमन्त्रीलाई पनि सहभागिताका लागि आग्रह गरेका छन् तर उनी सहभागी नहुने निश्चित भइसकेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुखले प्रधानमन्त्रीलाई पत्र लेखेर बोलाउने नभई छलफल गर्नुपर्ने स्पष्ट पारिसकेका छन् । प्रधानमन्त्रीलाई बोलाउने यो शैली र तरिका सहि नभएको बताउँदै उनले सभामुखको वैठकमा प्रधानमन्त्री नजाने यसअघि नै बताइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.