काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उनी उपचारको लागि आज बुधबार दिनको १ : ३० बजे सिंगापुर प्रस्थान गरेका हुन् ।
साउनको पहिलो साता नै देउवाको सिंगापुर जाने कार्यक्रम तय भएपनि डा. गोविन्द केसीको अनसनका कारण स्थगित गरिएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनी त्यहाँ एक हप्ता बिताउनेछन् । देउवा स्वदेश नर्फकिएसम्म सभापतिको जिम्मा उपसभापति विमेलेन्द्र निधिले पाएका छन् ।
