सभापति देउवाविरुद्ध नेविसंघका कार्यकर्ताको विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Nov 01 | 03:30 pm 2566

काठमाडौं, कात्तिक १५: काँग्रेस पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो ।

पदाधिकारी बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई अवरोध गर्दै कार्यकर्ताले नारावाजी गरेपछि तनाव उत्पन्न भएको छ । सभापति लगायत नेताहरु कार्यालयभित्र छन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् ।

उपनिर्वाचनको उम्मेदवार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा शुक्रबार दिउसो १ बजे बैठक बस्ने तयारी थियो । तर कार्यकर्ताको नारावाजी र विरोधका कारण बैठक बस्न सकेको छैन ।

शुक्रबार अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा उनीहरुले देउवाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए । प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.