काठमाडौँ फागुन १४: नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य नविन्द्रराज जोशीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन।
हिजो बिहिबार अचानक मस्तिष्कघात भई आज नर्भिक अस्पतालमा उपचाररत रहेका जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो फेसबूकपेजमा सभापति देउवाले नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनि लेखेका छन ।