काठमाडौँ, २६ असार : नेपाली काँग्रेसका नेता किरणराज पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
