सभापति देउवाद्वारा उभौली पर्वको शुभकामना

रिपोर्ट नेपाल | 2019 May 18 | 11:39 am 2099

काठमाडौं, जेठ ४ :  नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवाले किरात समूदायको महान पर्व उभौलीको शुभकामना दिएका छन् । उभौली पर्वका अवसरमा सभापति देउवाले सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उभौली पर्वले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको देउवाले  बताएका छन् । उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण र सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ- ‘यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.