सब डिभिजन वन कार्यालय प्रमुख घुससहित अख्तियारको फन्दामा

रिपोर्ट नेपाल | 2020 Jan 22 | 05:25 pm 1654

बुटवल, माघ ८: रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिंदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनलाई बुटवल उपमहानगरपालिका १२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.