सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ: देउवा

| 2024 Jun 25 | 02:46 pm 1049

काठमाडौँ ११ असार / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताए। नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने देउवाले बताए ।

सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनको भनाइ छ । उनले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.