काठमाडौं, जेठ १५ : सरकारले सबै नेपालीको बैंक खाता खोल्न प्रोत्साहन गर्ने भएको छ। बैंकमार्फत कारोबार गर्न प्रोत्साहन गर्नेगरी सबै नेपालीको बैंक खाता खोल्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा बित्तीय संस्था गाभ्न प्रोत्साहन गरिने बताए। उनले सबै स्थानीय तहमा बैंक शाखा पुर्याइने बताए।
चालू आर्थिक वर्षमै नपुगेका स्थानीय तहमा बैंक सेवा पुर्याउने र शाखा विस्तारलाई थप प्रोत्साहन गरिने बजेटमा उल्लेख छ।सहुलियत कर्जा प्रभावकारी बनाइनेछ। त्यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिइनेछ।