सफ्टवेयर सञ्चालनबाट बेरुजु घटाउने

रिपोर्ट नेपाल | 2018 Jul 30 | 10:50 am 4758

काठमाडौँ,साउन १४ : बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले , त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ ।

त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा उक्त सफ्टवेयर सिस्टम आइतबारदेखि सञ्चालनमा ल्याइएको त्रिवि लेखापरीक्षण महाशाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

सफ्टवेयरले काठमाडौँ उत्पकामा रहेको त्रिविअन्तर्गतका आंगिक क्याम्पस र कार्यालयको मनिटरिङ गर्ने, बेरुजु भए त्यसको व्यवस्थापनमा निर्देशन दिने उनको भनाइ छ । सफ्टवेयर बिदाका दिनबाहेक अरु दिन १० बजेदेखि ५ बजेसम्म सञ्चालनमा आउने बताए ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सफ्टवेयरमार्फत आन्तरिक लेखा परीक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै लेखा परीक्षण गराई बेरुजु घटाउन सघाउ पुग्ने बताएका छन् ।

प्रविधिको प्रयोगद्वारा संस्थालाई पारदर्शी एवं जिम्मेवार बनाउन सकिने भन्दै त्रिवि सूचना केन्द्रका प्रमुख दीपकबहादुर शाहीले सफ्टवेयर सञ्चालनमा सूचना केन्द्रको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । सफ्टवेयर सञ्चालनपछि त्रिविअन्तर्गतका निकायमा हुने बेरुजुको अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.