सफेद भेषमा कालो धन्दा गर्नेलाई एसपी ज्ञवालीको चुनौती

| 2022 Mar 02 | 11:27 am 3265

बागलुङ, फागुन १८ः जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले ऐन कानुन भन्दा कोही पनि माथि नभएकोले कानुन बिरोधी जो कोहीलाई पनि कानुनको दायरामा ल्याउन आफूले कुनै कसुर नराख्ने बताएका छन् ।

पत्रकारसँग संक्षिप्त कुरा गर्दै एसपी ज्ञवालीले आफ्नो कार्ययोजना जनतालाई शान्ति सुरक्षा र अमन चयन प्रदान गरी कानुन कार्यान्वयन गराउने भएकोले आफू र मातहतको सबै कर्मचारी गलत क्रियाकलापका बिरुद्ध अप्रेशनमा लाग्ने पनि एसपी ज्ञवालीले बताएका छन् ।

आफू जहाँ जादा पनि स्पष्ट मिसन हुने गरेको र त्यो मध्ये सबै भन्दा सफेद भेषमा गरिने कालो धन्दालाई नष्ट गर्ने गरेको पनि उनको भनाई रहेको थियो ।

आफूले कार्यभार सम्हाल्नासाथ आफू मातहतका सबै निकायलाई जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्न स्पष्ट निर्देशन दिएको पनि एसपी ज्ञवालीले बताए ।

समाजमा कलंकका रुपमा रहेका गुण्डा, अवैधधारीका विषयमा जानकार भएका जनताले पनि प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि उनको आग्रह थियो ।

उनले जिल्लामा जुवा तासको अखडा बारे केही सूचना प्राप्त भए पनि त्यसलाई सुक्ष्म ढंगले अनुसन्धान गरी भत्काउने पनि एसपी ज्ञवालीले पत्रकारलाई बताएका थिए ।

त्यस्तै त्यस कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक बिजय भण्डारीले यो हप्ता मात्र २२ एप्पुल लागुऔषध र ३७ हजार नगद सहित ३ जनालाई पक्राउ गरिएको बताए ।

त्यस्तै बागलुङ नगरपालिका ९ घर भई बागलुङ बजारमा बसोबास गर्ने रोशन थापालाई फेनारगन १४ डाइजेपाम १४ र नुर्फिन १३ गरी ४१ एप्पुल सहित पक्राउ गरिएको पनि भण्डारीले बताए । यसैगरी फेनारगन २७, डाइजेपाम २७, नुर्फिन २७ गरी ८१ एप्पुल सहित अभिनाश बोहोरालाई पक्राउ गरिएको पनि निरीक्षक भण्डारीले बताए ।

स्मरण रहोस् एसपी ज्ञवाली जहाँ जहाँ कमाण्डर हुन्छन त्यहाँका जनता खुसी हुँदै वाहीवाही गर्छन भने अवैधधारीका नजरमा कसिंङ्गर बन्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.