सफा हिमाल अभियान २०२३ मा सहभागी शेर्पाको मृत्यु

| 2023 May 22 | 08:43 pm 1773

काठमाडाैं, जेठ ८ः सफा हिमाल अभियान २०२३ मा सहभागी ओखलढुंगा स्थायी ठेगाना भएका शेर्पा सरदार आङकाजी शेर्पाको दु:खद निधन भएको छ ।

विगत ३ वर्षदेखि सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्‍याइ रहेका स्वर्गीय शेर्पाले सगरमाथाको क्याम्प-२ मा क्याम्प म्यानेजर तथा कुकको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।

आरोहण तथा सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत भएका स्वर्गीय शेर्पाको पार्थीव शरीरलाई साेमबार नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम पश्चात सम्बन्धित परिवारलाई बुझाइएको छ ।

सफा हिमाल अभियान २०२३ का दुईजना महत्वपूर्ण सहभागी शेर्पा सहयोगीहरुको सगरमाथा
इलाकामा दु:खद निधन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.