सफा हिमाल अभियान २०२३ अन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलन भएको फोहोर हस्तान्तरण

| 2023 May 10 | 05:56 pm 1217

काठमाडाैं, बैशाख २७ः हिमाली इलाकामा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा गत चैत्र १४ गतेबाट शुरु भईरहेको सफा हिमाल अभियान अन्तर्गत अन्‍नपूर्ण हिमाल सफाई अभियान सम्पन्‍न भएको छ ।

क्याम्पेन लिडर सह सेनानी भिम बहादुर भुजेलको नेतृत्वमा खट्टिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली मिति २०७९ चैत्र १५ गते अन्‍नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्‍नपूर्ण आधार शिविर र माथिल्लो क्याम्पहरुबाट Bio- degradable १२१६ के.जी. र Non-biodegradable २३५१ के.जी. गरी जम्मा ३५६७ के.जी. फोहोर संकलन गरेको थियो । संकलित फोहोर मध्ये Bio-degradable १२१६ के.जी. व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाईएको छ ।

Non-biodegradable २३५१ के.जी. फोहोर काठमाण्डौं ल्याई आज मिति २०८० बैशाख २७ गते सफा हिमाल अभियान, २०२३ सँग सम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिहरुको रोहवरमा निरीक्षण र अनुगमन पश्‍चात क्याम्पेन डाईरेक्टर तथा श्री राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी श्री सुन्दर कुमार पाण्डेले Waste Management Company “Creation ventures Pvt.Ltd” का सचिव सुजता कोईरालालाई हस्तान्तरण गरे ।

अन्‍नपूर्ण हिमाल सफाइमा संलग्न टोली कार्यसम्पादन गरेर आधार शिविरबाट फिर्ता भैसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.