महेश सिंह सिरहा, कात्तिक १३ः स्यहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थालेपछि समाज नै अचम्मित भएका छन्। सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपालले नौलो शिक्षा निति मार्फत समाजलाई निकै उत्साहित बनाएको छ।

पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्। घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गएपछि अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ।
स्कुल पठाउनु भन्दा अगाबै स्यहारकर्ताबाटै बालबालिकाहरुलाई मान्टेश्वरीको नयाँ शिक्षण बिधी अपनाई आमाबाट नै खेलको माध्यमले शिक्षा दिन थालेपछि अभिभावकहरु नै चकित भएका हुन्।
सबल नेपालले बच्चाको आमाहरुलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।स्यहारकर्ताले नै आफ्ना बच्चालाई शिक्षा दिन थालेपछि बालबालिकाहरुमा शिक्षा संगै संस्कारको बिकास भएको समाज र अभिभावकहरुले दाबी गरेका छन्।
सप्तरीको सुरुङ्गा नगरपालीका वडा नम्बर ७ बस्नपटी, पोखरीया, हरिपुर गरी वडा नम्बर ८ र ९ मलहनमा, स्मसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेको छ
बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्। उक्त कार्यक्रम समाज र बच्चाहरुको लागि निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नन्दकिसोर चौधरीले बताए । त्यसैगरी सवल नेपालको घरमा सुरक्षित सिकाई परियोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइन १९ देखि माथि र ४५ बर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता बिकास र सिपमुलक तालिम दिई आयआर्जन वृद्धि गराउने काम समेत गर्दै आएको उनले बताए।
सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरु संचालन गर्दै आएकाे छ। सुरुङ्गा नगरपालीकाको सहकार्यमा सबल नेपालले पालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्दै आएका छन्। सुरुङ्गा नगरपालीकाका मेयर मुक्तिनाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अतिनै प्रभावकारी देखिएको बताए।

देशमा यस्तै शिक्षा नितिको खाचो रहेको दर्साउदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ देखि १० बर्ष थप गर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्।
उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना स्यहारकर्ता आमाहरुद्धारा बच्चाहरुलाई शिक्षा दिने गरेका छन्। करिब सयौं बालबालिकाहरु उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन् ।
सुरुङा ८ बस्ने स्यहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुरक्षित सिकाई कार्यक्रम करिब ६ महिला देखि सप्तरीमा चल्दै आएको बताइन्। उनले भनिन्, हामीले खेलको माध्यमबाट बच्चालाई अभिप्रेरित गरि शिक्षण सिकाईमा जोड दिने गरेका छौं।
बच्चालाई आफू पढ्छौँ भन्ने अनुभुती नगराई स्याहारकर्ता आमाहरुले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका स्याहार कर्ता मनमाया कुमारी चौधरीले बताईन्।
सबल नेपालकी सामुदायिक परिचालका बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपनाई बच्चालाई कसरी सिकाउने भन्नेबारे बच्चाका आमाहरुलाई प्रशिक्षण दिने गरेको आयोजक संस्थाले जानकारी दिए ।