सप्तरीमा बस र माईक्रोबस ठोक्कियो, २३ जना घाइते, ६ को अवस्था गम्भीर

| 2018 Aug 07 | 08:06 pm 3873

सप्तरी, साउन २२ : सप्तरीको कञ्चनरुप नगरपालिका ८ बदगामा बसले माइक्रो बसलाई ठक्कर दिँदा २३ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आइरहेको बा ३ ख ८४८५ नम्बरको माइक्रोबसलाई को १ ख ४४६८ नम्बरको बसले ठक्कर दिँदा २३जना घाइते भएका हुन्।

बसले माइक्रोलाई पछाडिबाट ठक्कर दिँदा माइक्रो बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा ६ जना गम्भीर घाइते छन्। उनीहरुलाई थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ।

गम्भीर घाइतेमध्ये दुहवी ८ का उज्जल रेग्मीको अवस्था भने गम्भीर रहेको सप्तरी प्रहरीले जनाएको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ। घाइते सबै माइक्रोमा सवार यात्रु हुन्। माइक्रो र बस दुवै पूर्वबाट काठमाडौंका लागि छुटेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.