सप्तरी, जेठ २१ः बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रयाेग गरी आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकाे बताइएकाे छ ।