सप्तकोशीमा डुबेर तीन जनाको मृत्यु

| 2023 Apr 23 | 12:35 pm 1333

दमक, वैशाख १०ः आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए ।

सप्तकोशीमा डुबेर मृत्यु हुनहरुमा दमक नगरपालिका–९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईं रहेका छन् ।

गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेकाे बताइएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.