महेश सिंह सिरहा, पुस २१ः सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ ईन्सेरेन्स कम्पनी लहान ब्रान्चले मृत्यु दाबी भुक्तानी गरेकाे छ ।
जिल्लाको औंरही गाउँपालिका ३ पिपरा गाउँका मृतक रामकलि यादवको श्रीमान राम अशिष यादवलाई सन नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडले ४ लाख १४ हजार रकमको माछापुच्छ्रे बैंकको चेक ब्रान्च प्रबन्धक उपेन्द्र नारायण महतोले हस्तान्तरण गरेका छन्।

मृतक रामकलि यादवले २०७६ बैशाख ३१ गते मंगलबार सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीमा १५ बर्षको लागि सन लाईफ साबधिक जिबन बिमा गराएका थिए ।
बिमा गराएको १६ दिनपछि उनकाे मृत्यु भएको थियो। यादवकी २०७६ जेष्ठ १६ गते छातिको साईडमा अचानक दर्द भई अस्पताल पुर्याउनु भन्दा अगाबै घरमै मृत्यु भएको परिवारजनले जानकारी दिए ।
रामकली यादव ५० बर्षकाे उमेरमा मृत्यु भएको सन नेपाल लाईफ इन्सुरेन्स सिरहा शखाको उप शाखा प्रमुख चन्द्रबिर यादवले जानकारी दिए ।