सन नेपाल लाईफ इन्स्योरेन्स लहान शाखाद्वारा पीडित महिलालाई १४ लाख भुक्तानी

रिपोर्ट नेपाल | 2022 Aug 24 | 02:19 pm 2133

  • महेश सिंह

सिरहा, भदौ ८ः सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका पीडित परिवारहरुलाई आर्थिक सहयोगको लागी मृत्यु दाबीभुक्तानी दिने गरेका छन्। वैदेशिक रोजगार जिवन बिमा अन्तर्गत वैदेशिक रोजगारमा मृत्यु भएका पीडित परिवारहरुलाई सहज रुपमा मृत्यु दाबी भुक्तानी दिएका हुन्।

दुबैमा राेजगारीकाे सिलसिलामा रहेका सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ महदेवा बस्ने २९ बर्षीय रामानन्द चौधरीको २०७९ जेठ १० गते  हर्ट अट्याक्ट भएर मृत्यु भएको थियो।

प्रबन्धक महतोले मृतकका श्रीमती द्रोपती चौधरीलाई क्रिया खर्च सहित १४ लाख रुपैयांको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका हुन्।मृतक चौधरीका श्रीमती र ३ बर्षको एउटा छोरा छन्।

बिगत लामो समय देखि इन्स्योरेन्सको क्षेत्रमा अनुभव बटुलेका प्रबन्धक महतोले जस्तो सुकै परीस्थितिमा पनि पीडितहरुलाई सहजरूपमा काम गरिदिन थालेपछि महतो निकै चर्चामा आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.