सनातन संस्कृति समाज नेपाल द्वारा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2023 Apr 13 | 08:46 pm 1397

पवन प्रसाद साह वीरगंज, चैत ३०ः सनातन संस्कृति समाज नेपाल वीरगंज,पर्सा द्वारा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। वीरगंज महानगरपालिका वार्ड नं १२ स्थित रानिघाटमा भएको कार्यक्रममा पुरानो बर्षलाई बिदाई गर्दै नयाँ बर्ष २०८० साललाई स्वागत गर्दै शुभकामना आदानप्रदान गर्नुका साथै पत्रकार तथा व्यवसायीहरुलाई सम्मान गरिएको थियो।

नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसिया तथा कार्यक्रमका संयोजक राजेश गुप्ताले संयुक्त रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा फुलमाला अबिर लगाई कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि अतिथि चौरसिया ले २०७९ साल जसरी बित्यो त्यस लाइ बिदाई गर्दै नयाँ बर्ष २०८० साल भोलि देखी प्रारम्भ हुने दिन सबैजनाको सुखमय बितोस भन्दै शुभकामना व्यक्त गरेका थिए।

No description available.

त्यस्तै शुभकामना कै क्रममा कार्यक्रमका सभापति राजेश गुप्ताले पुरानो बर्ष लाई बिदाई गर्दै नयाँ बर्ष लाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। शुभकामना आदानप्रदान कै क्रममा विशिष्ट अतिथि सनातन सांस्कृतिक समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सह महामन्त्री अजय पौडेल, नेपाल राष्ट्रबादी समुहका अध्यक्ष विरेन्द्र थापाले नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए। शुभकामना आदानप्रदानका क्रममा पर्साका पत्रकार तथा व्यवसायीहरुलाई सम्मान पत्र वितरण गरिएको थियाे।

No description available.

सम्मान पत्र पाउनेमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, रौतहट एक्स्प्रेसका संवादाता पवन प्रसाद साह, प्रहार डेलीका संचालक राहुल गुप्ता, राजधानी दैनिकका तुलसि भण्डारी, न्युज आजतक दैनिकका किरण सत्याल, मोर्चा सप्ताहिकका सम्पादक संकर खतिवडा, दर्पण सप्ताहिकका सम्पादक कल्याण बहादुर हाडा, नारायणी धारा साप्ताहिकका सम्पादक शेषमन पंडित, रेडियो समग्र मधेसका संवादाता चन्द्रशेखर कुमार प्रजापति, जनसृष् दैनिकका कार्यकारी सम्पादक युवराज खड्का, गोविन्द टेरेड्रसका नरेस कुमार साह, श्री वर्मा हाडवेयर्सका धिरज सिंह, श्री तुलसी ट्रेड सप्लायर्सका रामबाबु साह, निर्मल कम्प्युटर सप्लायर्सका संतोष कुमार कलवार, नेपाल राष्ट्रबादी समुहका अध्यक्ष बिरेन्द्र थापा लाई सनातन संस्कृति समाज नेपाल का केन्द्रीय उपाध्यक्ष तथा पूर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले दोसाला ओढाइ सम्मान पत्र वितरण गर्दै नयाँ बर्ष को शुभकामना दिएका थिए।

No description available.

नयाँ बर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाको प्रमुख अतिथि तथा कार्यक्रम संयोजक राजेश गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ट अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सहमहामन्त्री अजय पौडेल, जिल्ला सदस्य दिपनारायण यादव, उदित सहनी, लगायत पत्रकार तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सम्भु घिमिरेले गरेका थिए।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.