सत्र वर्षीय घिमिरे साच्चीकै नारायण

रिपोर्ट नेपाल | 2020 Mar 11 | 10:27 am 3802

पाल्पा, फागुन २८: हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भन्ने उखान प्राय सबैको जिब्रोमा कण्ठ छ । विशेष गरी यो शब्द मान्छेको काम व्यवहार र क्षमतामा बढी प्रयोग गरिन्छ ।

मान्छेको भविष्य र उसको चरित्र स्वभाव र क्षमता सानै उमेरदेखि प्रस्फुटित हुँदै जान्छ । माथि भनिए झै हुने विरुवाको चिल्लो पातका रुपमा अर्घाखाँची जिल्लाको पाणिनीका १७ वर्षीय किशोर नारायण घिमिरे उदाएका छन् ।

उनी सानै उमेरदेखि पढ्नमा जति उत्कृष्ट थिए त्यति नै अतिरिक्त कृयाकलापमा पनि । कक्षा १ देखि १० सम्म सधै कक्षामा उत्कृष्ट हुने घिमिरेले हाजिरी जवाफ, वक्तृत्वकला र निबन्ध जस्ता प्रतियोगितामा समेत सधै आफूलाई अब्बल बनाउँदै आएका छन् ।

पाल्पामा रहेको जेभिटी स्कुलमा जेहेन्दार छात्रवृत्तीबाट अध्ययन गरेका उनले हरेक बार्षिकोत्सवमा जेहेन्दार नगद छात्रवृत्ती हात पारे ।

एसईई परीक्षामा उत्कृष्ट भएका घिमिरे अध्ययनमा मात्र नभएर साहित्य र राजनीतिमा उत्तीकै चासो र सकृयता राख्ने गरेका छन् ।

२०७४ सालमा धौराली माध्यमिक विद्यालयबाट ए ग्रेडका साथ उत्कृष्ट भएका घिमिरे २०७५ सालमा जेभिटीबाट विज्ञान संकाय तर्फ कक्षा ११ मा उत्कृष्ट बनेका थिए ।

विभिन्न पत्रपत्रिकामा राजनीतिक पार्टीलाई खोइ त घोषणा पत्रका प्रतिबद्धता भन्दै लेख प्रकाशन गराएका उनी समाजसेवामा समेत सकृय छन् ।

समाजसेवा गर्न उमेर होइन इच्छा शक्ति चाहिन्छ भन्ने सोच राख्ने उनी नेपाल स्वयम् सेवक संघ पाल्पाको सचिव पनिे हुन् ।

नेविसंघ पाल्पाको सबै भन्दा कान्छो जिल्ला सदस्य रहेका उनी जेभिटी इकाइको सभापतिका रुपमा सकृय छन् ।

श्रीनगर एफएमले संचालन गरेको आधारभूत पत्रकारीता तथा उद्घोषण तालिममा उत्कृष्ट बनेका घिमिरे एक नाम अनेक क्षमताका घनी हुन् ।

१७ वर्षीय कलिलो उमेरमै पाको उमेरको जस्तो जिम्मेवार बहन गर्ने उनको क्षमता प्रशंसनीय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.