सत्य अहिंसा र  प्रेममा विश्वास

रिपोर्ट नेपाल | 2024 Apr 10 | 01:49 pm 2033

गोबिन्द राज ओझा (राजन)  दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

 

सत्य अहिंसा र  प्रेममा विश्वास गर्नु सक्नुपर्छ

यो धर्ती ऋषि मुनिहरूको तपो भूमि भनेर चिन्न सक्नुपर्छ   

चारै तिर खुसी र हाँसोले भरिएको छ   

हाम्रो नेपाल अरू सबै भन्दा राम्रो छ

 

मेरो मातृभूमि जित तिम्रो होस्, जित सधैँ रहोस्

हाम्रो मन जहाँ छ हामी पनि हुनुपर्छ भन्ने बुझ्नुहोस्

गरिबी जस्तो भए पनि हाम्रो मन देशमै रहन्छ

वीर शहीदको बलिदान हाम्रो सम्झनामा रहन्छ

 

हजारौँ नदी नला सधैँ यसको काखमा रमाउँछन्

विश्वलाई नेपालको सन्देश, सबै मानव समान छन्

हामीले हाम्रो मातृभूमिबाट धेरै माया पाएका छौँ

यो देश नेपालबाट विश्व शान्तिको हावा चलाउँछौ

 

यो हाम्रो जन्मभूमि हो, हामीले गर्वका साथ भन्नेछौँ

जनताको हितको लागि सही मार्गमा बलिदान दिन्छौँ 

हे अमर माता, म तिमीलाई सयौँ पटक नमस्कार गर्दछु

धर्ती माता लाई सधैँ भरी शत पटक नमन गर्दछु

 

यो पवित्र भूमि पवित्र छ

आफ्नो धर्म, देश, भाषाको सम्मान गर्नुपर्छ

मेरो नजर त्यै तिर छ, मेरो ध्यान त्यै तिर छ

मुस्कानका साथ मातृभूमिको पाउमा बलिदान दिइनेछ

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.