सत्यवतीका पहिरो पीडितलाई सहयोग गर्न योगराजको आग्रह

रिपोर्ट नेपाल | 2019 Jul 25 | 12:06 pm 4178

काठमाडौं, साउन ९:  गत सोमबार राती परेको अविरल वर्षाका कारण गुल्मीको सत्यवतीस्थित वडा नम्बर ३ ठूलो लुम्पेक र ४ को लिम्घामा गएको पहिरोको कारण ठूलो धनजनको क्षति भएको छ ।

पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् भने सयौंको संख्यामा घरबार बिहिन बन्न पुगेका छन् । पहिरोको जोखिमका कारण घरबार बिहिन भएकालाई सहयोग गर्न समाजसेवी योगराज कडेलले सार्वजनिक रुपमा दाताहरुलाई आग्रह गरेका छन् ।

समाजसेवी कडेलको आग्रहमा अहिलेसम्म १ लाख ४२ हजार ६ सय ८६ रुपैयाँ जम्मा भइसकेको छ । जसमध्ये अभियान्ता योगराज कडेलले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् ।

पहिरो पीडितलाई सहयोग गर्नेमा गणेश कडेल श्रृङ्गाबाट ५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद कडेल श्रङ्गाबाट १० हजार ७६ रुपैयाँ, रविन्द्र कडेल श्रृङ्गाबाट १० हजार, प्रकाश ज्ञवाली बम्घा १० हजार, निर्मला मल्ल ग्वादीबाट १० हजार, सुनिल कुमार गौतम चन्द्रकोट १० हजार, उमा राज्यलक्ष्मी शाहबाट २० हजार, कुमार राज सुवेदीबाट ५ हजार, सुजित राई थापागाउँबाट ५ हजार र वेदप्रसाद कडेलबाट १५ सय सहयोग प्राप्त भएको समाजसेवी योगराज कडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.