सत्यमोहन जोशी एक सय वर्ष पुगेको अवरसमा सम्मानित हुने

रिपोर्ट नेपाल | 2019 May 12 | 04:19 pm 3004

काठमाडौं, वैशाख २९: सोमबार सत्यमोहन जोशी सय वर्ष पुग्दै छन् । उनी सय वर्ष पुगेको अवसरमा महानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

ललितपुर महानगरपालिकाले उनी सय वर्ष पुगेको अवसरमा उनको जन्मोत्सव मनाइदिने र जोशीलाई रथमा राखेर ललितपुर महानगरपालिका परिक्रमा गराउने कार्यक्रम राखेको छ । उक्त अवसर पारेर राष्ट्रपतिले जोशीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

सत्यमोहन जोशी मदन पुरस्कार गुठीबाट प्रदान गरिने मदन पुरस्कारबाट उनी तीनपटक सम्मानित भइसकेका छन् । उनी मदन पुरस्कार तीनपटक पाउने पहिलो व्यक्ति पनि हुन् । गुठीले उनका लोक संस्कृति, नेपाल राष्ट्रिय मुद्रा र कर्णाली लोकसंस्कृति कृतिका लागि सम्मान गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.