सत्यमोहन जोशीको सम्झना

रिपोर्ट नेपाल | 2023 Feb 13 | 07:52 am 1185

ललितपुर, फागुन १ः वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले शनिबार लोक साहित्य परिषद् बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना ग-यो। प्रमुख अतिथि नेपाल भाषा केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. सुन्दरकृष्ण जोशीले आफू प्रमुख भएको समयमा सत्यमोहन जोशीसँग विभागमा सहकार्य गरेको अनुभव बताए।

कार्यक्रममा विशेष अतिथिहरू लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन प्रा.डा. माणिकरत्न शाक्य, लोकसाहित्य परिषद्का अध्यक्ष राजितबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रतिसरा सायमी, लोककवि राजभाइ जकःमिलगायतका साहित्यकारले स्व. जोशीसँग गरेका विभिन्न क्रियाकलापलाई स्मरण गर्दै साहित्य वाचन गर्नुभयो। कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका करिब २० जना साहित्यकारले स्व. जोशीको विषयवस्तु समेटिएको विभिन्न विधामा साहित्य वाचन गरे।  गाेरखपात्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.