काठमाडौँ पुस १९ : गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा रहेको जनाइएको छ ।
नेकपा माओवादीको पनि महाधिवेशन चलिरहेको र अरू दलका नेता पनि व्यस्त भएकाले आइतबार बिहान बस्ने भनेको बैठक बस्न सकेको थिएन । बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ र सकभर सोमबारको राष्ट्रिय सभाको चुनावी रणनीतिको अन्तिम टुङ्गो लगाउने बालुवाटार स्रोतको भनाइ छ ।