सत्तापक्ष सांसद अनुपस्थित भए पछि लुम्बिनी प्रदेश सभा बैठक केहि बेरका लागि स्थगित

| 2021 Aug 11 | 03:23 pm 3085

काठमाडौँ साउन २७ :लुम्बिनी प्रदेश सभा बैठक एक घन्टाका लागि स्थगित, एमाले सांसद अनुपस्थित लुम्बिनी प्रदेश सभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।

मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा दिइसकेका छन् । प्रदेश सभा बैठकमा सत्तापक्ष रहेको नेकपा एमाले उपस्थित भएको छैन। विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.