सडक मर्मतका लागि दियाे जापानले अनुदान

| 2018 Oct 25 | 01:31 pm 2138

काठमाडौँ, कात्तिक ८ :  जापान सरकारले २०७२ मा गएको भूकम्पबाट भत्केको सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज बिहिबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

सिन्धुली सडकको लागि तस्बिर परिणाम

मुलुकको पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने १ सय ६० किलोमिटर लामो सिन्धुली सडक खण्ड जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनामै भूकम्पले प्रभावित बनाएको थियो ।

त्यसका लागि एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ ।
सो कार्यक्रममा जापानका राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सहयोग गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.