सडक भासिदा पृथ्वी राजमार्ग सडक अबरुद्द

| 2023 Aug 08 | 02:50 pm 1873

तनहुँ, साउन २३ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्व भएको छ। व्यास नगरपालिका–१२ स्थित देउरालीमा  मङ्गलबार दिउँसो सडक भासिए पछि राजमार्ग अवरुद्व भएको हो।

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।

सडक बिस्तारको क्रममा  सडकको दुवै तर्फ खनिएको स्थानमा खाल्डो परेको र अबिरल बर्षाको कारण सडक भासिएको तनहुँ प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.