सडक पखाल्ने काम यथार्थ कि नाटक ?

रिपोर्ट नेपाल | 2019 Mar 09 | 05:05 pm 1644

काठमाडौं, फागुन २५ : देशको सबैभन्दा ठूलो र धुलो भएको महानगरपालिका भनेर चिनिने काठमाडौं महानगरपालिकाले आज शनिबार भने रत्नपार्क वरिपरीका सडक पखाल्दै हिडेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमणको एक दिन अघि गरिएको सडक धुलाइलाई सर्वसाधारण जनताले अर्थपूर्ण तरिकाले हेरेका छन्।

राजधानीको विभिन्न ठाउँमा उडेको धुवाँ र जमेको पानीका कारण आएको दुर्गन्धीतले सर्वसाधारण जनता आजित भएका बेला कामनपाले रत्नपार्क आसपासका ठाउँमा दुर्गन्धीत पानी सफा गर्नु र सडक पखाल्नुलाई मञ्चन गरिएको नाटकका रुपमा त्यस क्षेत्रका सर्वसाधारणले लिएका छन् ।

देशको सबैभन्दा बढी राजस्व उठ्ने महानगरभित्र देखिने धुवाँ धुलो र दुर्गन्धीत पानीका कारण नेपाल घुम्न आउने पर्यटकसमेत नाक समाएर हिड्न बाध्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.