- महेश सिंह
सिराहा, भदौ १३: समाजमा बढ्दै गईरहेको जघन्य अपराधलाई मध्य नजर गर्दै सडक नाटकको आयोजना गरिएको छ । समाजमा यस्तो घटना हुन् नदिन र नदोहोरी समाजबाट उन्मुलन गर्न सडक नाटक प्रस्तुत गरेको हो ।

सृजना सामुदायिक पुस्तकालय पडरिया र दलित जन कल्याण युवा क्लबको आयोजनामा सडक नाटकको संचालन गरिएको हो ।
लाहान नगरपालीकामा भएको उक्त नाटक हेर्न मानिसहरु एकदमै इच्छुक भएको दलित जन कल्याण युवा क्लबका प्रतिनिधी सन्तोष बिसुनकेले बताए । नाटकमा भाग लिने कलाकारहरु एलिना चौधरी, राजेन्द्र सदा, सन्तोष बिशुनके, हिरा मगर, संगिता चौधरी, सवन चौधरी, दिपेश पासमान आदि रहेका थिए ।
अपराध र क्राइमको मध्य क्षेत्र रहेको सिराहामा महिला हिंसा र मानव बेचबिखन र घरेलु हिंसा जस्ता घटनाहरुको पकेट क्षेत्रको रूपमा मानिदै आएको छ। यसका लागि सरकारी र गैर सरकारी संघ संस्थाहरुले समाज र ब्यक्ति सुधार्न आफ्नो ठाँउबाट लागी परेको छ भने परिणामका विपरीत हाम्रो नेपाली समाजमा विकृति र विसंगति फैलिएको अवस्था छ ।

यसका साथै मानव बेचबिखन ओसारपसार विरुद्ध सचेतनात्मक कार्यक्रम पनि सम्पन्न भएको छ। यस सडक नाटकले सिराहामा बालविवाह र लागूऔषध, दुर्वयसन र कुलतमा लागेको ब्यक्तिहरुलाई सुधार्ने उद्देश्यले नाटकको आयोजना गरेको हो ।
बिहीबार लाहान नगरपालिकाको ११, १२ र २२ वडामा जन समक्ष मंचन गरेको नाटक हेर्न दर्शकको निकै घुइँचो लागेको थिए ।
नाटक हेर्न करिब तिन सय मानिसहरुको सहभागिता रहेका थिए । सिराहाको मुख्य बजारको रूपमा रहेको लाहानमा बालविवाह र लागूऔषध तथा मानव बेचबिखन, ओसारपसार बिगतको दिनमा ह्वात्तै बडेका थिए ।
नाटक प्रदर्शन कार्यक्रममा पत्रकार निर्मला दहाल, महेश सिंह लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।