सडक दुर्घटनामा मलेसियामा एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 14 | 12:32 pm 4435

बैतडी, भदौ २९: सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका-५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन्।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ। मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.