नवलपरासी, जेठ ३२ः आइतबार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
लु १ झ ३७० नम्बरकाे स्कार्पियोमा प्रतापपुरदेखी सदरमुकाम परासी जाने क्रममा अध्यक्ष शर्मा सवार सवारी बर्दघाट २ लक्ष्मीनगरमा आफै अनियन्त्रित भई लक्ष्मीनगर पुलदेखि तल खोलामा खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केसीले जानकारी दिए । उनी जिल्लामा विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गईरहेका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अध्यक्ष शर्मालाई उपचारको लागी चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक केशीले बताए ।
शर्मासंगै सवार अर्का एक जना प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएको र उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।