सडक दुर्घटनामा परी गम्भीर घाइते भएका सेनाका मेजर सिलवालको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 19 | 02:16 pm 3130

सल्यान, फागुन ७: जिल्लाको चोरखालमा माघ २९ गते एक जनाको घटनास्थलमै मृत्यु हुने गरी भएको नेपाली सेनाको गाडी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ ।

सिलवालको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको हो ।

उनी सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु १ ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.