काठमाडौँ, असार २८ । बहुचर्चित ललिता निवास प्रकरणमा केहि दिन अगाडी पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रहरी नियन्त्रणमा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
केन्द्रिय अनुसन्धान ब्यूरोले गैरकानुनी थुनामा राखेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले लिखित जावफसहित व्यक्तिलाई नै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । केन्द्रिय अनुसन्धान ब्यूरोलले सरकारी कागजात किर्तेसहित संगठित अपराधको कसुरमा सचिव कार्कीलाई गत आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
