काठमाडौं, साउन ३० : दोषी ठहर भएर फरार भएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर तथा अपराध शाखा ललितपुरबाट खटिएका टोलीले सुनिता चन्द थापालाई काठमाडौं महानगरपालिका धोविघाटबाट पक्राउ गरेको हो ।
थापा काठमाडौं महानगरपालिका वडा न. १ नक्साल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २ सानेपा बस्दै आएका थिइन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द थापाका अनुसार ०७५/०४/२६ गतेको जिल्ला अदालत ललितपुरको फैसलाले थापालाई एक वर्ष कैद सजाय सुनाइएको थियो उक्त फैसलापछि उनी फरार भएकी थिइन् ।
धोविघाटबाट प्रकाउ परेकी थापालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत ललितपुरमा दाखिला गरिएको प्रवक्ता जानकारी दिए ।