काठमाडौं, जेठ १२: प्रहरी प्रधान कार्यालय नक्सालले ४५ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ । आइजीपीको सचिवालयमा कार्यरत दानबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा कमाण्डरको रुपमा खटाइएको छ भने दानबहादुर मल्ललाई जिप्रका चितवन खटाइएको छ ।
त्यसैगरी सरुवा हुने अन्य एसपीहरुमा सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा, विश्व अधिकारीको मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीको सरुवा भएको छ ।
सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ । सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल र बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।
त्यसैगरी नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।