सङ्खुवासभामा कांग्रेसका खड्का निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 25 | 06:23 pm 1541

सङ्खुवासभा, मंसिर ९ः प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्का निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका खड्काले ३२ हजार १ सय ५८ मत प्राप्त गरी विजयी बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार राजेन्द्र गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । गौतमलाई खड्काले ५ हजार ४३९ मतअन्तरले पराजित गरेका हुन् ।

गौतम र खड्कावीच यो तेस्रो प्रतिष्पर्धा हो । २०७० को निर्वाचनमा खड्का निर्वाचित भएका थिए । २०७४ मा गौतम निर्वाचित भएका थिए । निर्वाचित खड्का पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.