‘सगरमाथाको पानीबाट मिनरलवाटर उत्पादनमा सहकार्य गर्न सकिने’

| 2018 Sep 08 | 01:59 pm 1872

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएका छन् । नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताएका हुन् ।

नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश रहेको भन्दै उनले आर्थिक समृद्धिका लागि नेपाली अघि बढेको दाबी गरे । जलविद्युत्का धेरै सम्भावना छन् भन्दै उनले भारतसँग विद्युत् उत्पादनमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको खुलासा पनि गरे ।

जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष प्रचण्डले यो पानी व्यवस्थापनको विषय समेत रहेको उल्लेख गरे । सरगमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने र यसबाट दुवै देशले लाभ उठाउन सक्ने अभिव्यक्ति प्रचण्डले दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.