सगरमाथाकाे नयाँ उचाइ सार्वजनिक

रिपोर्ट नेपाल | 2020 Dec 08 | 03:37 pm 2227

काठमाडाैं, मंसिर २३ः विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । सगरमाथाको उचाइ १.५ मिटरले बढेको हाे । मंगलबार नेपाल र चीन दुबै देशले भर्चुअलमाध्यमबाट संयुक्तरुपमा एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइएकाे हाे । दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएकाे हाे ।

उक्त घोषणा समारोहमा नेपालका परराष्टमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ्ग यीको पनि उपस्थित रहेका थिए ।  सगरमाथाको नयाँ उचाई घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीचको असल सम्बन्धलाई सगरमाथाको नयाँ उचाई झनै उचाईमा पुर्याउने बताए ।

घोषणा कार्यक्रममा भूमि सुधार तथा सहकारी मन्त्री पद्मा अर्यालयलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपालले सगरमाथा भन्दै आएको विश्वको यो सवोच्च चुचुरोलाई चीनले चोमोलोङ्मा भन्दै आएको छ ।  नेपालको नापी विभाग र चीनको सर्वे टोलीले सन् २०१७ बाट सगरमाथाको नयाँ उचाई पत्ता लगाउने अभियानको थालनी गरेको थियो ।

नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो  । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको थियाे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.