संस्कास्द वस्तु खेलाउँदा विस्फाेट भई एक बालक घाइते

| 2020 May 06 | 02:08 pm 2266

कञ्चनपुर, बैशाख २४ः बुधबार विस्फाेटक पदार्थ पड्किँदा कञ्चनपुरमा एक बालक घाईते भएका छन् । घाइते हुनेमा महाकाली नगरपालिका- ३ दोधाराका ९ वर्षीया बालक महेन्द्र नेपाली रहेका छन् ।

गाउँमा खेल्न गएका बालक महाकाली नगरपालिका- ६ शान्तिटोलको पटेराघारीमा भेटिएको संस्कास्द वस्तु खेलाउने क्रममा विस्फाेट भएपछि बालक घाइते भएका हुन् ।

नजिकैको पटेराघारीमा फेला परेको बस्तु खेलाउने क्रममा पड्किँदा उनकाे दुवै हातमा गम्भीर चोट लागेको महाकाली नगरका प्रवक्ता दिल बहादुर सिंजालीले जानकारी दिए । अहिले बालकको सेती अस्पतालमा उपचार भईरहेको बताए ।

घटनास्थलमा नेपाली सेना र प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार शिकारी बँदेल मार्न परम्परागत पड्किने बस्तुकाे धराप बनाएको बताएका छन् ।

तर, प्रहरी र सेनाले भने कसले किन के उद्देश्यका लागि उक्त धराप त्यहाँ ल्याएर राखेको हाे भन्ने विषयमा अनुसन्धान थालेको बुझिएकाे छ।

कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले उक्त बस्तु बम नभई लो एक्सप्लाेसिप बस्तु भएको बताए । प्रवक्ता पौडेलले पनि घटनाको अनुसन्धान भईरहेको भन्दै उक्त बस्तु राख्ने समुह, व्यक्तिको खोजिकार्य भईरहेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.