संसद भवन नजिकै कांग्रेसद्वारा सरकार विरुद्ध प्रतिरोध आन्दोलन प्रारम्भ

| 2020 Apr 23 | 11:16 am 2659

काठमाडौ, बैशाख ११ः लोकतन्त्र दिवसमा राजधानी काठमाडौस्थित संसद भवन, नयाँ बानेश्वर चौकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिको घेरा तोड्दै वर्तमान संविधान जारी गर्ने संविधानसभा सदस्य रन्जित कर्णको नेतृत्वमा कांग्रेसले सरकार विरुद्ध प्रतिरोध आन्दोलन प्रारम्भको घोषणा गरेका छन् ।

नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका आन्दोलनकारी नेता क्षितिज भण्डारी आन्दोलनमा प्रहरीले लखेटेको भएपननि दोहोरो झडप भने नभएको बताउदै नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको लाईन बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेको संन्देश दिन सामाजिक दुरी सहितको १ घण्टाको शान्तिपूर्ण प्रतिरोध आन्दोलन सफल भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस युवानेता रन्जित कर्णले सम्बोधन गर्दै आफ्नो ज्यानको पर्वाह नगरी आजको आन्दोलनको नेतृत्व गर्ने सबैलाई धन्यवाद दिदै नेपाली कांग्रेस, नेविसंघ र तरुण दलकालाई लोकतन्त्र बचाउन सबैको साथ र सहयोग नेपाल आमाले मागेको बताएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट लकडाउनकै बीच सरकारको विरुद्धमा प्रदर्शन गर्दै नेता कर्णले विवादित दुई अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए ।

सो क्रममा नेता कर्णले अब बैठक बसेर पार्टीहरु र भातृसंस्थाद्वारा सरकार विरुद्ध अझ कडा प्रर्दशन गरिने बताए। सो प्रदर्शनमा कांग्रेस युवा नेता क्षितिज भण्डारी, नेपाल तरुण दलका नेता कृष्ण प्रसाद सापकोटा, नेविसंघ केन्द्रीय नेताहरु सन्दिप निरौला, ऋषि कोइराला, योगेश भट्ट, बिनोद शाही ठकुरी, महेन्द्रराज जोशी, भूपेन्द्र जोशीसहित दर्जनौं व्यक्तिकाे उपस्थति रहेका थिए । बानेश्वर केन्द्रित आन्दोलन केन्द्रीय नेता भुवन भट्टको संयोजनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.