काठमाडाैं, फागुन १६ः मुलुककाे सुरक्षा लगायत विभिन्न नितिनियम बनाउने नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउनका लागि नेपाली सेनाकाे बम डिस्पाेजल टाेली संसद भवनअगाडी पुगिसकेकाे छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका थिए । बम बन्दकर्ताले राखेर भागेकाे बताइए पनि कसैले त्यसकाे जिम्मेवारी लिएका छैनन् ।