काठमाडौँ पुस २४ : संसद खुलाउने र एमसीसी पास गर्ने बिषयमा छलफल गर्न बसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवासमा भएको वार्ता सकिएको छ । वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया दिन नमाने पनि अन्तत: संसद खुलाउने र एमसीसी पास गर्ने बिषयमा छलफल भएको बुझिएको छ ।
निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।