संसद् बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

रिपोर्ट नेपाल | 2018 Jun 03 | 12:04 pm 2174

काठमाडौं, जेठ २०: आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।

बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । उनले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरे ।

त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५-७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.