काठमाडौं, जेठ २२ । सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । उनले प्रश्न गर्ने अन्य सांसदहरूलाई पनि सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराएका छन् ।
सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पार्दै प्रधानमन्त्री स्वयंले बोलेको ‘मलाई भैँसी चढाएका थिए’ भन्ने शब्द पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे ।
उनको अभिव्यक्तिप्रति माओवादी सांसदहरूले आपत्ति जनाएका थिए तर, खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि पनि विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका थिए ।